मेडिकल कलेज ठगी प्रकरण : १२ कलेजमाथि छानबिन, तीनमा छापा

मेडिकल कलेज ठगी प्रकरण : १२ कलेजमाथि छानबिन, तीनमा छापा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करोडौं रुपैयाँ ठगी गरेको आरोप लागेका १२ वटा निजी मेडिकल कलेजमाथिको छानबिन प्रक्रियालाई तीव्र पारेको छ । छानबिनका क्रममा आवश्यक कागजात दिन अस्वीकार गरी असहयोग गरेको भन्दै विभागले आइतबार तीनवटा मेडिकल कलेजमा छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

एमबीबीएस र बीडीएसको पढाइका नाममा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मेडिकल कलेजमाथि मुद्दा चलाउने अन्तिम तयारी थालेको छ ।

विभागले वीरगन्जस्थित नेसनल मेडिकल कलेज, विराटनगरको नोबल मेडिकल कलेज र चितवनको चितवन मेडिकल कलेजबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको हो । कागजात माग्दा अटेर गरेपछि छापा मारेको विभागले जनाएको छ । ती कलेजको प्रशासन कक्षमा पनि सिलबन्दी गरिएको विभागले जनाएको छ ।

ती कलेजहरूले विवरण, तथ्यांक र सञ्चालक समितिका निर्णय लुकाएपछि विभागले टोली खटाएको थियो । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) र प्रहरी प्रमुखलाई जानकारी दिएर शुक्रबार नै विभागले काठमाडौंबाट ३/३ सदस्य टोली कलेजमा पठाएको थियो ।

विभागले मेडिकल कलेजको ठगीका विषयमा विद्यार्थीसँग पनि आवश्यक कागजात मागिएको विभागका निर्देशक सुशील आचार्यले बताए । उनले भने, ‘हामीले मेडिकल कलेजमा टोली खटाएर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएका छौं । यस सम्बन्धमा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढेको छ ।’ यसैगरी, विभागले अन्य नौ मेडिकल कलेजमाथि समेत विस्तृत छानबिन थालिएको बताएको छ ।
राजधानीबाट

Logo