भिमफेदी कारागारबाट मध्यरातमा कैदी फरार

भिमफेदी कारागारबाट मध्यरातमा कैदी फरार

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको भिमफेदी कारागारबाट शनिबार राति एक कैदी पर्खाल नाघेर फरार भएका छन् ।

फरार हुनेमा ३० वर्षीय कुलदीप राज धामी रहेका छन् । उनी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्धामा २० वर्ष जेल सजाय तोकिएका कैदी हुन्। धामी पाँच वर्षदेखि सजाय भोगिरहेका थिए ।

कर्तव्य ज्यान मुद्धामा जन्मकैदको सजाय भोगिरहेका धामी राति पौने १० बजे कैदी फरार भएको थाहा पाएको कारागारका प्रमुख जेलर प्रकाश खनालले जानकारी दिए । कारागार वरिपरि १२ फिटभन्दा अग्लो पर्खाल बनाइएको छ ।  पर्खालको एक भागमा तार तानिएकाले त्यहाँबाट फरार भएको हुन् सक्ने प्रशासनले आंकलन गरिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको र फरार कैदीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

Logo