जिउँदा मान्छेहरूलाई इटा भट्टामा हालेर हत्या गरेको आरोपमा निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस आज सकिँदै छ ।
जिल्ला अदालत रौतहटमा वादी र प्रतिवादीका तर्फबाट बहस सकिएपछि आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने अथवा साधारण तारेखमा रिहा गर्नेमध्ये एक आदेश हुनेछ । थुनछेक बहसपछिको आदेश आजै आउने सम्भावना छ ।
आलममाथि १२ वर्षअघि चुनाव प्रभावित पार्ने उदेश्यले बम बनाउने क्रममा विष्फोट भएका घाइतेलाई प्रमाण मेटाउन इट्टाभट्टामा पोलेर मारेको आरोप छ ।





























प्रतिक्रिया