बंगलादेशका राष्ट्रपति स्वदेश फर्किँदा त्रिभुवन विमानस्थल ३० मिनेट बन्द हुने

बंगलादेशका राष्ट्रपति स्वदेश फर्किँदा त्रिभुवन विमानस्थल ३० मिनेट बन्द हुने

केन्द्रबिन्दु
0
Shares

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद आज स्वदेश फर्किदै छन् । उनी स्वदेश फर्किदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द हुने भएको छ । ४ दिने नेपाल भ्रमणमा गत मंगलबार काठमाडौँ ओर्लिएका हमिद शुक्रबार अपराह्न ५ः०० बजे स्वदेश फर्किदै छन् ।

हमिद स्वदेश फर्किदा त्रिभुवन विमानस्थल ४ः४० बजे देखि ५ः१० बजेसम्म बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

Skip This
Skip This
Logo