देशभरका सवारीसाधनमा भ्रमण वर्षको स्टीकर, चालक सहचालकलाई विशेष तालिम

देशभरका सवारीसाधनमा भ्रमण वर्षको स्टीकर, चालक सहचालकलाई विशेष तालिम

केन्द्रबिन्दु
0
Shares

सरकारले देशभरका सार्वजनिक सवारीसाधनमा भ्रमण वर्ष २०२० को स्टीकर र लोगो टाँसिने भएको छ ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले यातायात व्यवसायीलाई प्रचार सामाग्री हस्तान्तरण गर्नुभयो ।

काठमाडौं उपत्यकाभित्रका एक हजार सवारी चालक र सहचालकलाई भ्रमण वर्षको बारेमा तालिमको व्यवस्था पनि गरिने मन्त्री भट्टराईले बताउनु भयो । त्यसैगरी सार्वजनिक यातायातका चालक र सहचालकलाई सरसफाईमा चेतना जगाउन एक सय जना स्वयमसेवक पनि परिचालन गरिने उहाँको भनाइ छ ।

मन्त्री भट्टराईले निर्माणाधीन गौतम बुद्ध अन्तरार्ष्ट्रिय विमानस्थल सन् २०२० को मार्चसम्ममा सञ्चालनमा आउने जानकारी दिनुभयो । साथै उहाँले नेपाल यातायात व्यवसायी राष्ट्रिय महाँसंघ, भ्रमण वर्ष २०२० को मुल आयोजक समितिको सदस्य भएको अनौपचारीक घोषणा पनि गर्नु भयो । उहाँले सवारी चालक र सह चालकहरुलाई आफ्नो गाडी सफा राख्न डस्टबीन अनिवार्यरूपमा राख्न आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा महानगरीय ट्राफीक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले ट्राफिक प्रहरीको हरेक कार्यक्रममा भ्रमण वर्ष २०२० को प्रचारप्रसारका गतिविधि समेट्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

Skip This
Skip This
Logo