धनगढी,
नेपाली काङ्ग्रेस संसदीय दल सुदूरपश्चिम प्रदेशले सीमा अतिक्रमण लगायत समसामयिक विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएको छ ।
काङ्ग्रेसले बुधबार धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर बुझाएको ध्यानाकर्षण पत्र बुझ्नु हुँदै मुख्यमन्त्री भट्टले सीमा अतिक्रमणबारे प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
उहाँले सीमा अतिक्रमणका घटना दृढताका साथ रोक्न नेपालको सङ्घीय सरकारदेखि प्रदेश र स्थानीय सरकार तथा सम्पूर्ण जनता एकताबद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री भट्टले कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि फिर्ता र स्थानीय जनताको सुरक्षाका लागि भारतसँग कूटनीतिक छलफल गरी समस्याको समाधान खोजिनु पर्ने धारणा व्यक्त गर्नुभयो ।
काङ्ग्रेसले दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरामा भएको अतिक्रमण रोक्न पहल गर्न लगायत प्रदेश संसद् बैठक अह्वान गर्न र चालू वर्षका योजना कार्यान्वयनमा तदारुकता दिन मुख्यमन्त्री भट्टलाई ध्यानाकर्षण पत्र बुझाइएको काङ्ग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बताउनुभयो ।





























प्रतिक्रिया