प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले भारतले आफ्नो सीमाभित्र राखेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा बसेको समिति बैठकले नेपालको शैक्षिक सामग्रीहरूमा प्रयोगमा रहेको नेपालको नक्सामा सुधार गरी पाठ्यक्रम निर्माण गर्न पनि निर्देशन दिएको हो । त्यस्तै समितिले समितिले कूटनीतिक पहलबाट समस्याको समाधान निकाल्न र त्यसबाट समस्या समाधान नभए विषयलाई अन्तर्राष्ट्रियकरण गर्न पनि सरकारलाई निर्देशन दिएको छ।
समितिले कालापानीलगायत अन्य सीमा क्षेत्रमा नेपालका तर्फबाट सीमा सुरक्षा बलको स्थायी ब्यारेक खडा गरी सीमाको स्थायी सुरक्षाको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूभाग समावेश गरेकोमा देशभर विरोध भैरहेको छ ।





























प्रतिक्रिया