मोटरसाइकल दुर्घटनामा विद्यार्थी नेताको मृत्यु

मोटरसाइकल दुर्घटनामा विद्यार्थी नेताको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाँके,
बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परि विद्यार्थी नेताको मृत्यु भएको छ ।

मोटरसाइकल चालक विद्यार्थी नेता जुम्लाका पदमबहादुर शाहीको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पविन्द्रकुमार बमले सो जानकारी दिए ।

उनका अनुसार अनेरास्ववियुका केन्द्रीय सदस्य शाहीले चलाएको बा ५८ प २१८६ नं को मोटरसाइकल बिहीबार राति बा १९ च १२१४ नं को कारसँग ठोक्किएको थियो । सो दुर्घटनामा मोटरसाइकलमा सवार शाहीसहित दुईजना घाइते भएका थिए । मोटरसाइकलको पछाडी सवार नवीना शाहीको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।

Logo