आज शुक्रवार नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।
शुक्रवार छापावाल सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीवारको तुलनामा शुक्रवार छापावाल सुनमा प्रतितोला ७ सय रुपैयाँले गिरावट आएको हो । गत आइतवारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बिहीवार भने बढ्न पुगेको थियो । शुक्रवार तेजावी सुन प्रतितोला ६९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रवार चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार चाँदी प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।





























प्रतिक्रिया