सुकुटे बस दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, १४ जनाको पहिचान खुल्यो

सुकुटे बस दुर्घटना अपडेट : मृतकको संख्या १७ पुग्यो, १४ जनाको पहिचान खुल्यो

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकको सुकुटेमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १७ पुगेको छ भने ४९ जना घाइते भएका छन् । साँझसम्ममा १४ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा महिला र बालबालिका धेरै रहेका छन् । बालबालिका ९ जना, महिला ७ जना तथा एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएस्पी माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल लैँजादै गर्दा एकजनाको बाटोमा मृत्यु भएको थियो भने अन्य २ जनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुने मध्ये दोलखा भिमेश्वर ९ की रञ्जिता केसी, शैलुङ्गेश्वरी गाउँपालिका ३ की ३ महिने शिशु सिसन तामाङ, शैलुङ्गेश्वरी ५ की रत्नकुमारी राउत, सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका ४ की चमेली श्रेष्ठ र साइरानी श्रेष्ठको पहिचान खुलेको छ । शैलुङ्गेश्वरी ५ की चेतकुमारी बस्नेत र शैलुङ्गेश्वरी ४ की सलिना तामाङको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ । अन्य जानकारी आउन बाँकी छ ।

Logo