प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ। मन्त्रिपरिषद् बैठक झन्डै डेढ घन्टासम्म चलेको थियो।
गत बुधबार प्रधानमन्त्री ओली मिर्गौलाको डायलासिसका लागि ग्रान्डी इन्टरनेसनल अस्पताल गएपछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो। बैठकअघि प्रधानमन्त्री ओलीले टिचिंग अस्पतालमा गएर फोक्सोको एक्सरे गरेका थिए।
आजको मन्त्रिपरिषद् बैठकले डाक्टर भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको छ। मुटु रोग विशेषज्ञ डाक्टर कोइराला यसअघि त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक र शहीद गंगालाल हृदय रोग केन्द्रका निर्देशक थिए।
शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको समितिले कोइरालाको नाम त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि सिफारिस गरेको थियो। दोस्रो नम्बरमा धर्मकान्त बास्कोटा र तेस्रो नम्बरमा चन्द्रमणि पौडेलको नाम सिफारिस गरिएको थियो ।
प्रधानमन्त्री ओलीले बास्कोटालाई उपकुलपति बनाउन चाहेपछि कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्ष बनाइएको बताइन्छ । यद्यपि आइतबार उपकुलपति नियुक्तिबारे निर्णय भएको छैन ।
आजको मन्त्रिपरिषद् बैठकबाट भएका अन्य निर्णयबारे जानकारी दिइएको छैन। सरकारले हरेक बिहीबार पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै आएको छ।































प्रतिक्रिया