कर्मचारी समायोजन भएपनि बैतडीका ७२ वडा सचिवविहीन

कर्मचारी समायोजन भएपनि बैतडीका ७२ वडा सचिवविहीन

केन्द्रबिन्दु
0
Shares

बैतडी,

स्थानीय तहमा जनप्रतिनिधि आएको दुई वर्षभन्दा बढी समय भएपनि बैतडीका ८४ वडामध्ये ७२ वडामा सचिव छैनन् । सचिव नहुँदा स्थानीय तहबाट प्रवाह हुने सेवा सर्वसाधारणले सहज रुपमा पाउन सकेका छैनन् ।

जिल्लाका १० स्थानीय तहका अधिकांश वडा सचिव विहिन छन्। स्थानीय तहमा दरबन्दी अनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको स्थानीय तहले जनाएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, मेलौली नगरपालिका र सिगास गाउँपालिकाका एक वडामा पनि सचिव छैनन्।

ती सबै स्थानीय तहले प्राविधिक सहायक, कार्यालय सहायक र सामाजिक परिचालक मार्फत वडाको काम गराउँदै आएका छन् । पाटन नगरपालिकामा १० वडामध्ये ७ वडा सचिवविहिन रहेको नगरपालिकाले जनाएको छ। यस्तै डिलाशैनी गाउँपालिकामा ७ वडामध्ये एक वडामा मात्रै सचिव रहेका गाउँपालिकाका प्रवक्ता अक्कल रानाले बताए । दोगडाकेदार गाउँपालिकाका ८ वडा मध्ये २ वडामा मात्रै सचिव रहेको कार्यालय सहायक अम्बादत्त जोशीले जानकारी दिए ।
नागरिकबाट

Logo