घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

घुससहित प्रहरी नायब निरीक्षक पक्राउ

केन्द्रबिन्दु
0
Shares

बारा,
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको गञ्जभवानीपुर प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशङ्करप्रसाद कलवारलाई ६० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको छ ।

अभियुक्तले भारतबाट मालसामान ल्याउन सहज गराइदिने भन्दै सेवाग्राहीबाट घुसस्वरुप उक्त रकम लिइरहेको अवस्थामा आयोगको हेटौँडास्थित कार्यालयका पदाधिकारीले कलैया उपमहानगरपालिका–४ बाट पक्राउ गरेको हो ।

यसैबीच आयोगले जिल्ला अदालत सिरहाका हलुका सवारीचालक ब्रिजमोहन यादवविरुद्ध विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । अभियुक्तलाई जिल्ला अदालतमा विचाराधीन लागू औषध सम्बन्धी मुद्दा मिलाइदिने बहानामा एक लाख १० हजार घुसबापतको रकम लिइरहेको अवस्थामा वर्दिवासबाट खटिएको आयोगको टोलीले पक्राउ गरेको थियो ।

Skip This
Skip This
Logo