सिन्धुपाल्चोकको जरशिंहपौवामा बस दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

सिन्धुपाल्चोकको जरशिंहपौवामा बस दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक,
सिन्धुपाल्चोकको मेलम्ची हुँदै गोल्फू भञ्जाङबाट काठमाडौं आउदै गरेको आमा ह्योल्मो यातायातको बा ५ ख ५०७० नं. को बस साँखुको फेदी जंगलमा दुर्घटना भएको छ ।

सो दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको समाचार प्राप्त भएको छ । मृत्यु हुनेमा २ जना महिला र १ पुरुष रहेको नाङ्लेभारे प्रहरी चौकीका प्रमुख आङकाजी शेर्पाले जानकारी दिनुभयो । उनीहरुको पहिचान हुन बाँकी छ । दुर्घटनामा २४ जनाभन्दा बढी घाइते भएका छन् ।

ओरालोमा अनियन्त्रित भई बस सडक छेउको मन्दिरमा ठोक्किएर सडकमा पल्टिएको थियो । बसमा ५० जना यात्रु रहेको प्रहरीले जानकारी दिएको छ । घाइतेहरुको नेपाल मेडिकल कलेज जोरपाटी, अत्तरखेल र शङ्खरापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

Logo