काठमाडौं,
राष्ट्र र जनताका आशाका बिन्दुहरु तथा दीन दुःखीका साहाराका रुपमा रहेका सामाजिक अभियन्ताहरुलाई राजधानीमा सम्मान गरिएको छ ।
प्रमुख अतिथी पूर्व प्रधानसेनापति रुक्मांगद कटवाल तथा राष्ट्रिय कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का लगायत अतिथिको उपस्थितीमा समाजमा विभिन्न क्षेत्रमा योगदान दिनु हुने व्यक्तिहरुलाई सम्मान गरिएको हो । शुभदीपावलीको सन्दर्भ पारेर उनीहरुलाई शनिबार सम्मान गरिएको थियो ।

सम्मानति हुनेहरुमा एल बि टण्डन (ग्रीन सिटि अस्पताल), शिशिर भण्डारी (सामाजिक अभियन्ता ), कृष्ण कँडेल (साँस्कृतिक अभियन्ता) , भाग्य न्यौपाने (सामाजिक अभियन्ता) र नेपालको राम (सामाजिक अभियन्ता) रहेका छन् । यस्तै मिरा केसि (स्वास्थ्य अभियन्ता), अर्जुन भुसाल (सामाजिक अभियन्ता), १०० ग्रुप , आमोस चौधरी (वातावरण अभियन्ता) तथा यम श्रेष्ठ (सामाजिक अभियन्ता ) रहेका छन् ।

राष्ट्रिय पोशाक संरक्षण महाअभियानका संयोजक राजानन्द माण्डव्यले उल्लेखित व्यक्ति तथा संस्थालाई सम्मान गरिएको जानकारी दिनुभयो । साथै आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिने उहाँले बताउनुभयो । यस कार्यक्रमको आयोजक राष्ट्रिय पोशाक संरक्षण महाअभियान नेपाल रहेको थियो ।






























प्रतिक्रिया