नेपालगञ्जको फर्निचर गोदाममा आगलागी

नेपालगञ्जको फर्निचर गोदाममा आगलागी

केन्द्रबिन्दु
0
Shares

नेपालगञ्ज,

नेपालगञ्ज सुर्खेत रोड बिपी चोक नजिकै फर्निचर गोदाममा आगलागी भएको छ । सुर्खेतरोड गुरुद्वारा अगाडि रहेका फर्निचर पसल तथा सँगै रहेका गोदाममा आगलागी भएको हो । विहिबार साँझ ५ः४५ बजे आगलागी भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, दमकल तथा स्थानीयको सक्रियतामा आगलागी नियन्त्रणमा आएको बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गरिरहेकाले अहिले नै यकिन नभएको प्रवक्ता सिंहले बताउनुभयो । “अध्ययन नगरेरै वास्तविक क्षति कति भएको छ भन्ने थाहा हुँदैन, हामीले अहिले अनुमान मात्रै गर्ने हो”, प्रहरी नायब उपरीक्षक सिंहले भन्नुभयो । फर्निचर पसलमा आगलागी भएपछि बिपी चोक नजिकै घनाबस्तीको बीचमा पेट्रोलपम्प रहेकाले उच्च सतर्कता अपनाइएको सिंहले बताउनुभयो ।

पसलमा तयारी अवस्थामा राखिएका तथा प्रयोगमा नआएका काठ एवं फर्निचर जलेका छन् । यस अघि पनि सोही स्थानमा रहेका एक दर्जन बढी फर्निचर पसल तथा गोदाममा आगलागी हुँदा रु एक करोड बढीको क्षति भएको थियो ।

Skip This
Skip This
Logo