प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान, भेनेजुयलाका राष्ट्रपति मडुरोलाई भेट्ने

प्रधानमन्त्री ओली अजरबैजान प्रस्थान, भेनेजुयलाका राष्ट्रपति मडुरोलाई भेट्ने

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरुको सम्मेलनमा भाग लिन अजरबैजान प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं सम्मेलनमा सहभागी हुन बिहीबार कतार एयरवेजको जहाजबाट अजरबैजानको बाकु प्रस्थान गरेका हुन् ।

सम्मेलनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उनले विभिन्न देशका राष्ट्र र सरकार प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनपूर्वका विभिन्न सेसनमा सहभागी हुन जापानबाट बाकु पुगिसकेका छन् । बाकुमा बुधबार सुरु भएको दुईदिने मन्त्रिस्तरीय पूर्वतयारी बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूहिजै त्यसतर्फ प्रस्थान गरि सकेका छन् ।

प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ ।  प्रधानमन्त्री ओलीले भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोसँग  भेटवार्ता गर्ने भएका छन् ।

Logo