प्रधानमन्त्रीको अर्को उद्घोष- ‘चन्द्रागिरीमा सुरुङ, ५ मिनेटमा चित्लाङ’

प्रधानमन्त्रीको अर्को उद्घोष- ‘चन्द्रागिरीमा सुरुङ, ५ मिनेटमा चित्लाङ’

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरीमा सुरुङ मार्ग बनाउने उद्घोष गरेका छन्।

काठमाडौंको थानकोटबाट धादिङको सिस्नेखोलासम्म जाने सुरुङ मार्ग निर्माणको शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले थानकोटबाट चित्लाङसम्म सुरूङ निर्माणको सर्वे भइरहेको बताएका हुन्।

अहिले थानकोटबाट चित्लाङ पुग्न पन्ध्र किलोमिटरको बाटोका लागि एक घण्टा समय लाग्ने गरेको भन्दै प्रधानमन्त्री ओलीले भने, “पाँच मिनेटमा थानकोटबाट चित्लाङ पुगिनेछ, अहिले सर्वे भइराखेको छ।’ थानकोटबाट चित्लाङ पुग्न अहिले कम्तिमा डेढ घण्टा लाग्ने गरेको छ।

स्तरोन्नतिका लागि बन्द गरिएको चन्द्रागिरी मार्ग अहिले संचालनमा छन्।  लामो समयदेखि यो बाटो बन्द हुँदा चित्लाङका स्थानीय त्रिभुवन राजपथ वा कुलेखानी फर्पिङ् भएर झन्डै ४ घण्टा लगाएर काठमाडौँ आउजाउ गर्न बाध्य छन्।

यो पनि 

चन्द्रागिरी मार्ग सोमबारदेखि संचालन हुने

स्थानीयको बिरोधपछि खुल्यो चन्द्रागिरी सडक

चन्द्रागिरीको बाटो बर्षाैदेखि अलपत्र, आक्रोशित स्थानीयले दिए अल्टिमेटम (भिडियोसहित)

 

 

Logo