सरकारले नेपाल भ्रमण वर्ष सफल बनाउन गैर आवासीय नेपाली संघ (एनआरएनए) सँग १७ बुँदे सम्झौता गरेको छ। आइतबार एनआरएनएको नवनिर्वाचित कार्यसमितिलाई बधाई दिन पर्यटन बोर्डले आयोजना गरेको कार्यक्रममा १७ बुँदे सम्झौता गरिएको हो।
नेपाल सरकारले वार्षिक कम्तिमा २० लाख पर्यटक भित्रयाउने लक्ष्य सहित सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषण गरिएको छ । भ्रमण वर्षको प्रवद्धान गर्नको लागि नेपाल भ्रमण वर्ष २०२० को सचिवालय र एनआरएनएबीच निम्नसारका बुदाँहरुमा सहमत भई समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
१. संघले नेपाल भ्रमण वर्ष, २०२० का सन्दर्भमा विश्वभरबाट एक नेपालीले एक विदेशी साथी नेपाल पठाँउ अभियान सन्चालन गर्ने छ । उक्त कुराको अभिलेखिकरण सचिवालय र संघले गर्ने व्यवस्था मिलाउने छ । सचिवालय सबैभन्दा बढी विदेशी साथीहरु नेपाल पठाउने ब्यक्ति वा संघ सस्थालाई सम्मान गर्नको लागि नेपाल सरकार समक्ष सिफारिस गर्नेछ ।
२. संघले नेपाल भ्रमण वर्ष, २०२० अवधिभर संघका विश्वभरि गरिने औपचारीक सेमिनार, गोष्ठी लगायतका कार्यक्रम नेपालमा नै गर्ने ब्यवस्था मिलाउने छ । संघका आयोजनामा नेपालमा हुने विभिन्न गोष्ठी तथा सेमिनारहरु समन्वयात्मक भुमिाका सचिवालयले निर्वाह गर्नेछ ।
३. संघले विशवभरि रहेका गैर आवसीय नेपालीहरुलाई सन् २०२० मा spend holiday in Nepal with family and friends अभियान संचालन गर्नेछ ।
४. संघले विदेशस्थित नेपाली दुतावास र नियोगहरु भ्रमण वर्ष प्रवद्धन कक्ष स्थापना गर्न आवश्यक जनशीक्त उपलब्ध गराउने छ ।
५. नेपाल भ्रमण वर्ष, २०२० को प्रचार प्रसार गर्नका लागि सचिवालयको समन्वयमा संघले वर्षभरि विश्वको प्रमुख सहरहरुमा कार तथा साइकल रयाली गर्नेछ ।
६. संघका विश्वभरी रहेको सदस्य तथा विभिन्न नेपाली संघ सस्थामा आबद्ध रहेका नेपालीहरुको माध्यमबाट संघले उनीहरुको रोजगारदाता अर्थात व्यावसायक साझेदार संघ सस्था तथा व्यक्तिहरुलाई नेपाल भ्रमणको निीम्त निमन्त्रणा गर्नेछ ।
७. संघले गैर आवसीय नेपालीको विश्वभीरमा रहेका व्यवसायिक फर्महरु तथा होटल रेष्टुरेन्टमा नेपाल सम्बन्धी आर्कषक प्रचार प्रसारका सामग्रीहरु वितरण गर्नेछ ।
८. संघले विश्वभरि छरिएर रहेको सम्पुर्ण सदस्य लगायतका नेपाली तथा बिदेशी मित्रहरुका सवारी साधानहरुमा नेपाल भ्रमण वर्ष, २०२० लोगो स्टिकर टास्ने व्यवस्था मिलाउने छ ।
९) संघले विश्वभरिमा कम्तिमा ५० देशमा ‘मिस एनआरएन ईन्टरनेसनल’ आयोजना गर्ने र उक्त प्रतियोगिताको फिनाली २०२० जुन महिना भित्र नेपालमा गर्नेछ ।
१०) सचिवालय र संघको समन्वयमा आगामी जनवरीको पहिलो हप्तामा हुने नेपाल भ्रमण वर्षको शुभारम्भ समारोहमा सफल बनाउनका निम्ति सम्बन्धित देशका कुटनीतिक नियोगहरुसँग समन्वय गरी कार्यक्रम संचालन गरिनेछ ।
११) संघले सम्बन्धित देशका सञ्चार माध्यमहरुमा डिजिटल मार्केटिङको व्यवस्था गर्नेछ।
१२) सचिवालय र संघको समन्वयमा विश्वभर रहेका नेपाली तथा विभिन्न संघसस्थाहरुको सामाजिक सञ्जाल तथा वेवसाइटमार्फत भ्रमण वर्षसँग सम्बन्धित सकारात्मक सन्देश दिने सामाग्रीको प्रवाह गरिनेछ ।
१३) संघले विश्वभरीमा विभिन्न देशहरुका सार्वजनिक स्थलहरु जस्तै बस स्टेशन, रेल्वे स्टेशन तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार सामाग्री वितरण गर्ने, प्रवद्र्धनात्मक कार्यक्रमहरु सञ्चालन गर्नेछ ।
१४) सचिवालयले सम्बन्धित देशका कुटनीतिक नियोगहरुको समन्वयमा ट्राभल एजेन्सी, टुर अपरेटर, मिडिया लगायतका कम्पनीहरु समक्ष आवश्यक छलफल गरी नेपालको प्रवद्र्धन गर्नेछ ।
१५) सचिवालयले कुटनीतिक नियोगसँग समन्वय गरी सम्बन्धित देशमा वितरण गरिने प्रचारात्मक सामाग्री उत्पादन गरी वितरण गर्नेछ ।
१६) सचिवालयले एक नेपालीले कम्तिमा ‘एक विदेशी साथी नेपाल पठाउ अभियान’ अन्तर्गत संघसँग समन्वय गरी नेपाल भ्रमण वर्षमा आउने पाहुनाहरुका लागि विभिन्न किसिमको छुटको व्यवस्था मिलाउने छ ।
१७) उल्लेखित कार्यहरुमा लाग्ने आर्थिक श्रोतको प्रबन्ध संघले गर्नेछ ।































प्रतिक्रिया