मनोहरा नदीमा सफाई, न्यु टुलिप्स स्कुललाई दिए माधव नेपालले साथ

मनोहरा नदीमा सफाई, न्यु टुलिप्स स्कुललाई दिए माधव नेपालले साथ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बागमती सफाई अभियान सुरु भएसँगै मनोहरा नदी तथा नदी किनार सरसफाई अभियान सुरु भएको १३५ औं हप्ता पूरा भएको छ । हरेक शनिबार सफाई अभियान सुरु गरिएको १३५ औं हप्ता पूरा भएको हो ।

सफाई अभियानको १३५ दिनमा कोटेश्वर सुर्यकोटस्थित न्यु टुलिप्स स्कुलका शिक्षक, शिक्षिका र विद्यार्थीहरु पनि सफाई अभियानमा सहभागी भएका थिए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपाल पनि सहभागी भएका थिए । सफाई कार्यक्रममा स्थानीयबासीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत सहभागी थिए ।

नदी मानव सभ्यताकै उद्गमस्थल भएकाले नदी सफा राख्न विगत केही वर्षदेखि देशभर विभिन्न अभियान नै संचालन गरिएको छ । यही क्रममा सुरु भएको मनोहरा नदी सफाई अभियानमा समाजिक संस्था र शैक्षिक संस्थाहरु पनि थपिँदै गएका छन् ।

सोही सफाई अभियानलाई निरन्तरता दिने क्रममा सुर्यकोटस्थित न्यु टुलिप्स स्कुलले पनि सफाई अभियानमा सहभागिता जनाएको हो ।

Logo