नेपालमा आज ५०० जना कोरोना संक्रमित थपिए

नेपालमा आज ५०० जना कोरोना संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार ७०० जना पुगेको छ । आज ५०० जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८१९ पुगेको छ । आज मात्र ३ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ४९ हजार १३२ पुगेको छ । आज निको हुनेको संख्या ८४० रहेको छ ।

आजको पिसिआर परीक्षण ५ हजार ४३४ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १९ लाख ५ हजार ८२६ रहेको छ । आज ६ हजार ७४९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

काठमाडौं उपत्यकामा आज २६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २०९, भक्तपुरमा १६ र ललितपुरमा ४२ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ९५ हजार ८५५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ७७५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १५ हजार ४१ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख २० हजार ३२० पुगेको छ ।

Logo