काठमाडौं,
प्रतिबन्ध लगाएसँगै आक्रामक अप्रेसन अगाडि बढाएको प्रहरीले विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ गर्ने कार्यलाई तीव्रता दिएको देखिएको छ। पटक–पटक आह्वान गर्दा वार्तामा नआएको र हिंसात्मक घटना घटाएको भन्दै सरकारले गत फागुन २८ गते उक्त समूहलाई प्रतिबन्ध लगाएको थियो । वार्तामा नआएसम्म पक्राउ गरेरै नियन्त्रणमा लिने सरकारको नीति छ।
प्रहरीका प्रवक्ता विश्व पोखरेलले विप्लव समूहका नेता, कार्यकर्ता पक्राउ गर्ने कार्यलाई निरन्तरता दिएको बताउनुभयो। उहाँले दाङबाट २१ जना नेता तथा कार्यकर्ता पक्राउ गर्न सक्नुलाई प्रहरीको ठूलो सफलता भन्नुभयो।
प्रहरीले अहिलेसम्म एकीकृत क्रान्तिको कार्यदिशा अगाडि सार्दै भूमिगत भएको भनिएको विप्लव समूहका ९ सय २१ जना नेता, कार्यकर्ता पक्राउ गरेको छ। काठमाडौंबाट सबैभन्दा बढी १ सय ६४ जना पक्राउ परेकोमा ७४ जना छुटेको महानगरीय प्रहरी कार्यालय प्रमुख शैलेश थापा क्षेत्रीले बताउनुभयो।
प्रवक्ता पोखरेलले पक्राउ परेका ९ सय २१ मध्ये ६ सय ६४ जनामाथि मुद्दा दर्ता गराएर छाडिएको र १ सय १३ जना पुर्पक्षका लागि थुनामा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार सर्लाहीको लालबन्दी–१ लखनीमा जिल्ला इन्चार्ज कुमार पौडेल, भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा तीर्थराज घिमिरेको मृत्यु भएको छ ।
नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया