दाइजोमा दुई लाख नदिँदा नेपाली चेलीको भारतमा हत्या

दाइजोमा दुई लाख नदिँदा नेपाली चेलीको भारतमा हत्या

केन्द्रबिन्दु
0
Shares

विराटनगर,

दाइजोको निहुँमा भारतीय सीमा जोगवनीमा एक महिलाको हत्या भएको छ । विराटनगर ११ पञ्चमुखी चोक माइतीघर भएकी २२ वर्षीया रञ्जना सहनीको जोगवनीमा हत्या भएको हो।

उनको शव भारतको अररिया जिल्लास्थित परवाना नदीको मिरगन्ज पुल नजिकै हत्या गरी फालेको अवस्थामा शनिबार फेला परेको थियो । शव स्थानीयले खोलामा देखेपछी जोगवनी स्थित भारतीय प्रहरीलाई खबर गरेका थिए । शव भारतमा नै पोष्टमार्टमका लागि राखिएको छ । पोष्टमार्टमपछि नेपाल ल्याएर दाहसंस्कार गरिने मृतकका बुवा मनिकचन्द सहनीले बताए । उनी विहिबारबाट हराएको भन्दै रञ्जनाका श्रीमान भीमले माइतीमा खबर गरेका थिए ।

जोगबनी प्रहरी थानाका प्रमुख अफताब अहमदका अनुसार हत्यामा संलग्न रञ्जनाका श्रीमान सहित चार जनालाई नियन्त्रण लिएको छ । पक्राउ पर्नेमा श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया रहेका छन्। रञ्जनाका माइती पक्षले भारतीय प्रहरी समक्ष पक्राउ परेका चार जना विरुद्ध ज्यान मुद्दा दर्ता गराएका छन् । उनिहरु माथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भइसकेको जोगवनी प्रहरी थाना प्रमुख अहमदले बताए।
अन्नपूर्णबाट

Logo