काठमाडौं,
चिनियाँ राष्ट्रपति सी चिनफिङले रेलमार्गको सम्भाव्यताबारे अध्ययन गर्ने बताए । राष्ट्रपति सीको सम्मानमा आयोजित रात्रीभोजमा बोल्दै उनले नेपाल अब भूपरिवेष्ठित देशबाट भूजडित देश हुने समेत बताए । उनले केरुङ–काठमाडौं सुरुङ मार्गको अध्ययन गरिने समेत बताए ।
उनले आफ्नो सम्बोधनको क्रममा नमस्ते भन्दै भने , ‘मैले बोलेको त्यति राम्रो सुनिएन होला ।’ उनले चीन र नेपालबीच कुनै समस्या नरहेको र मित्रता मात्र रहेको बताए । राष्ट्रपति सीले नेपाल भ्रमण बर्ष २०२० मा चिनियाँ पर्यटकलाई नेपाल घुम्न उत्प्रेरित गर्ने प्रतिवद्धता पनि जनाए ।
नागरिकबाट





























प्रतिक्रिया