सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : पाँच जनाको सनाखत

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : पाँच जनाको सनाखत

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक,

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा आज विहान भएको बस दुर्घटनामा मृत्यु भएका मध्ये पाँच जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा काभ्रे घर भएका केदारनाथ महाजु, काभ्रेकै पाँचखाल नगरपालिकाकी संगीता पुरकोटी, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका ९ का हिरा श्रेष्ठ, सोही ठाउँका विनोद लम्साल र सोही नगरपालिका १० का रितेश आचार्य छन् । अन्य पाँच जनाको भने सनाखत हुन बाँकी छ ।

सिन्धुपाल्चोकको सीपाटारबाट दशैं मनाउन गाउँ गएका यात्रु लिएर बस काठमाडौं जाँदै गरेको थियो । हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस सो बस आज दुर्घटना हुँदा अन्य चार दर्जन भन्दा धेरै यात्री घाइते भएका छन् । घाइते मध्ये धेरैको अवस्था गम्भिर रहेको र उद्धार जारी रहेको बताइएको छ । घाइतेहरुको काभ्रेको धुलिखेल अस्पताल तथा स्थानिय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ । केहि लाई हेलिकोप्टरबाट राजधानी पठाउने तयारी रहेको बताइएको छ ।

घटनास्थलबाट स्थानिय इन्द्रमणि नेपालले दिनु भएको जानकारी अनुसार बस गुडेको एक घण्टामै दुर्घटनामा परेको हो। घाइते मध्ये केहीको अवस्था गम्भीर भएकोले मृतकको संख्या संख्या बढ्न सक्ने उहाँले जानकारी दिनुभयो । क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको हो ।

Logo