१४ माघ २०७८ शुक्रबार

0 Shares

फागुन १९ गते टुंडिखेलमा ७५ हजार मानिसले एकैपटक बुद्धका उपदेश वाचन गर्ने

काठमाडौं
७५ हजार मानिसले एकै पटक शाक्यमुनि गौतम बुद्धका उपदेश वाचन गरेर बिश्व किर्तिमान कायम गर्ने भएका छन् । विश्व कीर्तिमानी परिषद नेपालको आयोजनामा गिनिज बुक अफ वल्र्ड रेकर्डसमा कीर्तिमान कायम गर्न आगामी शनिबार (फागुन १९ ) गते काठमाडौंको टुँडिखेलमा बुद्धका उपदेश र वचन ‘धम्मपद’ उपदेश वाचन गर्न लागेका हुन् । ‘बुद्ध वर्न इन नेपाल’ नामको सो कार्यक्रममा उपदेश वाचनका लागि देशभरबाट मानिसहरु काठमाडौँमा उपस्थित हुनेछन ।

एउटै स्थानमा एकैपटक सबभन्दा बढि मानिसहरुको सहभागितामा सस्वर वाचन बिश्व किर्तिमान राख्न लागिएको हो । परिषद्का अध्यक्ष दीपक शर्मा बजगाईंले सिद्धार्थ गौतमद्वारा प्रतिपादित बौद्ध दर्शन तथा उपदेशको मूलभूमि नेपाल भएको तथ्यलाई अन्तर्राष्ट्रिय जगतमा प्रचारप्रसार गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिँदै भने “राष्ट्र, राष्ट्रियता र स्वाभिमान दर्शाउन र नेपालीको जीवनमा महत्वपूर्ण रहेका बुद्ध उपदेश र ‘धम्मपद’ सस्वर वाचन मार्फत यसअघि कायम रहेको विश्व कीर्तिमान भङ्ग गरी नेपालको नाममा कायम गर्ने प्रयास स्वरुप यो राष्ट्रिय गौरवको कार्यक्रम गरिन लागेको हो ।”

पूर्व प्रधानमन्त्रीहरुद्वारा संरक्षकत्व ग्रहण गरिएको यस कार्यक्रममा गिनीज वर्ल्ड रेकर्डस्निका निर्णायकहरुको उपस्थिति रहने छ । कार्यक्रममा सहभागी हुन आयोजकले स्वयंसेवक मार्फत टिकट अर्थात इन्ट्रान्स कार्ड वितरण गरिरहेको छ । सहभागी हुन चाहनेहरुले शनिवार कार्यक्रम सुरु हुनु अगावै विभिन्न स्थानमा खटिएका स्वयंसेवकबाट टिकट लिनु पर्नेछ । साधारण टिकट आयोजकले निःशुल्क उपलब्ध गराउने छ । आफ्नो नाम , ठेगाना र सम्पर्क मोबाइल नम्बर दिएर टिकट लिन सकिने छ । विशिष्ट टिकट लिनको लागि भने २ सय तिर्नु पर्नेछ ।

कार्यक्रम हुने दिन टिकटमा उल्लेख गरिएको गेट बाट प्रवेश गरेर सहभागीहरुले कार्यक्रममा सहभागिता जनाउनु पर्नेछ । कार्यक्रम सफल भई सकेपछि र गिनिज वल्ड रेकर्डले प्रमाणित गरेपछि सम्पूर्ण सहभागीलाई गिनिज वल्ड रेकर्डले प्रमाणपत्र उपलब्ध गराउने छ । कार्यक्रममा उपलब्ध सिट भन्दा इच्छुक व्यक्तिहरुको संख्या बढी भएमा पहिलो दर्ता गर्ने व्यक्तिहरुले भाग लिन प्राथमिकता पाउने छन् ।

प्रकाशित: १६ फागुन २०७४ ०९:०० बुधबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी