कृष्णबहादुर महराविरुद्ध पक्राउ पुर्जी जारी, अदालतले दियो अनुमति

कृष्णबहादुर महराविरुद्ध पक्राउ पुर्जी जारी, अदालतले दियो अनुमति

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार प्रयास गरेको आरोपमा जाहेरी परेपछि प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको प्रहरीले जनाएको छ ।

अदालतको अनुमति पाएसँगै महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । अदालतबाट पक्राउको अनुमति पाएको प्रहरीले सम्भवत आज साँझसम्म नै महरालाई पक्राउ गर्नेछ।

महरााविरुद्ध शुक्रबार जबरजस्ती करणी प्रयास गरेकेा भन्दै उजुरी दर्ता भएको थियो । गत आइतबार राति महराले आफूलाई बलात्कार गरेको भन्दै मिडियामा आएकी शाहीले भोलिपल्ट भने त्यस्तो केही नभएको बताएकी थिइन् । उनले महरा आफ्नो कोठामै नआएको दाबी गरेकी थिइन् ।

Logo