महरा प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगको चासो

महरा प्रकरणमा राष्ट्रिय मानवअधिकार आयोगको चासो

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय मानवअधिकार आयोगले निवर्तमान सभामुख कृष्णबहादुर महरा प्रकरणबारे चासो देखाएको छ ।

आयोगले महरा र संसद सचिवालयकी कर्मचारीबीच भएको भनिएको घटनाबारे नेपाल प्रहरीले हालसम्म गरेको कामकारबाहीबारे जानकारी मागेको छ । साथै पीडित र पत्रकारको सुरक्षाबारे पनि जानकारी माग गर्दै प्रहरीलाई पत्राचार गरिएको आयोगले जनाएको छ ।

आयोगले घटनाको अनुसन्धानको अनुगमन गरी प्रतिवेदन पेश गर्न निर्देशकको नेतृत्वमा तीन सदस्यीय अनुगमन टोली नै बनाएको छ ।

Logo