हेटौंडा,
जिल्ला प्रहरी कार्यालय मकवानपुरले विशेष प्रविधि प्रयोग गरी खोजतलास तथा अनुसन्धानपछि फेला पारेका १६ वटा मोबाइल धनीलाई बुझाएको छ ।
विभिन्न कम्पनीका १२ हजारदेखि ५५ हजार मूल्य पर्ने करिब तीन लाख २० हजार मूल्य बराबरका मोबाइल पत्ता लगाएर बिहीबार सम्बन्धित मोबाइलधनीलाई बुझाइएको हो ।
विभिन्न मितिमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मोबाइल हराएको भनी दिइएका निबेदन अनुसार प्रहरीले सक्रियता देखाएको हो । हराएका मोबाइल दशैंको मुखमा पाउँदा मोबाइल धनीले खुशी व्यक्त गरेका छन् ।
धनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मोबाइल जिम्मा लगाइएको हो । ८ महिना अवधिमा प्रहरीले ११४ थान मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइसकेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।
नेपाल समाचारपत्रबाट































प्रतिक्रिया