‘व्यक्तिगत गल्तीहरुलाई पार्टीमा ल्याएर नजोडौं’- सञ्चारमन्त्री

‘व्यक्तिगत गल्तीहरुलाई पार्टीमा ल्याएर नजोडौं’- सञ्चारमन्त्री

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सभामुख कृष्णबहादुर महरा काण्ड निजी मामिला भएकाले पार्टी जवाफदेही नहुने बताएका छन् ।

सरकारका प्रवक्ता समेत रहेका बाँस्कोटाले बिहिबार बनेपा नगर कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै व्यक्तिगत गल्तीहरुलाई पार्टीमा ल्याएर जोड्न नहुने बताएका हुन्।

गल्ती गर्नेलाई कारवाही हुनुपर्ने बताउँदै उनले भने, ‘व्यक्तिले नचाहिने काम गर्दा उही व्यक्ति जिम्मेवार हुन्छ, हामीलाई के मतलव ?’ समाजमा अनेक प्रकारका मान्छे हुने भन्दै उनले यस्तो घटनाबाट पाठ सिक्नुपर्ने बताए ।

Skip This
Skip This
Logo