पुस २० गतेदेखि भारत भ्रमणमा प्रधानमन्त्री ओली

पुस २० गतेदेखि भारत भ्रमणमा प्रधानमन्त्री ओली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

संसद् विघटन गरेर तीव्र आलोचनाको पात्र बन्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस २० गते भारत भ्रमण गर्ने भएका छन् ।

चौतर्फी विरोधको सामना गरिरहेका प्रधानमन्त्री ओलीले भारत भ्रमण गर्न लागेको बालुवाटार उच्चस्रोतले जानकारी दिएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी विभाजन भएपछि उनले भारत भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका लागि दुवै देशको कूटनीति र राजनीति संयन्त्रसमेत परिचालन भइसकेको बताइएको छ । प्रधानमन्त्री ओलीको भ्रमण तालिकालाई अन्तिमरुप दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पुस १८ गते भारत जाने भएका छन् ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति रामनाथ कोविद, गृहमन्त्री राजनाथ सिंह लगायतका उच्च नेताहरुलाई भेट्ने कार्यक्रम रहेको छ । भारत भ्रमण कति दिनको हुने टुंगो लागि नसकेको बताइएको छ ।

भारत भ्रमणका क्रममा महत्वपूर्ण निर्णय दुई देशबीच हुन सक्ने आंकलन गरिएको छ । चौतर्फी विरोधको सामना गरी रहेका प्रधानमन्त्री ओलीले मुलुकको हितभन्दा पनि सत्ता टिकाउन भारतसँग सम्झौता गर्न सक्ने भन्दै विभिन्न दलका नेताहरु सशंकित भएका छन् ।नेपाल समाचारपत्रबाट

Logo