मकवानपुर,
जिल्ला समन्वय समिति मकवानपुरले आफ्ना मातहतका कार्यालयहरुमा कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन बन्देज गर्ने निर्णय गरेको छ । समितिको ५० औँ बोर्ड बैठकले कर्मचारी तथा निर्वाचित जनप्रतिनिधीले कार्यालय समयमा सामाजिक सञ्जाल चलाउन नपाउने निर्णय गरेको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ ।
कार्यालय समयमा मोबाइल वा अन्य माध्यमबाट सामाजिक सञ्जालमा अल्मलिँदा महत्वपूर्ण समयको बर्बादीसँगै कार्यालय सञ्चालनमा समस्या आउने हुँदा यस्तो निर्णय गरिएको हो ।
यसैबीच बैठकले विभिन्न चाडपर्वका अवसरमा आउँदो असोज १४ गते शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । बैठकमा उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिलप्रसाद उपाध्यायलगायत जिसस सदस्य एवम् कर्मचारीहरुको सहभागिता थियो ।





























प्रतिक्रिया