वाढीले बेनी बगरफाँटका दुईघर बगायो, दुई जना वेपत्ता

वाढीले बेनी बगरफाँटका दुईघर बगायो, दुई जना वेपत्ता

केन्द्रबिन्दु
0
Shares

बेनी,

शनिवार राती आएको भीषण वर्षापछि बेनी नगरपालिका २ बगरफाँटस्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन् ।

मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ । बाढीले घर बगाउँदा पाँच र १० वर्षका दुई बालिकाहरु बेपत्ता भएको प्रहरीले जनाएको छ ।

बाढी आएको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोली उद्धारमा जुटेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी ध्रुव शर्माले बताउनुभयो । बाढीले खोला नजिकै रहेको बुद्ध एकेडेमीका एक पक्की सहित चार कच्ची भवनमा पूर्ण रुपमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

खोलाले धार परिबर्तन गरि वस्ती तिर पसेका कारण २ वटा कच्ची घर पुर्णरुपले बगाएको छ । भने २ वटा कच्ची घरमा क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

बाढीको खबर प्राप्त हुनासाथ प्रहरी टोली उद्धारका लागि राती नै घटनास्थलमा पुगेको र उद्धारमा खटिएको प्रहरी निरिक्षक शर्माले जानकारी दिनुभयो । बाढीमा परेर दुइजना बच्चाहरु हराइरहेका हुनाले उनीहरुको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।
गोरखापत्रबाट

Skip This
Skip This
Logo