काठमाडौं,
यसवर्ष दशैंमा खसीबोकाको अभाव नहुने सरकारले दाबी गरेको छ । सीमाबाट आयात हुने पशुचौपाया निरोगी भएको प्रमाण पेस गर्नुपर्ने नियम लागू भएपछि पनि दसैंमा खसीबोकाको अभाव नहुने दाबी सरकारको छ । कृषि तथा पशुपछी विकास मन्त्रालयका सहप्रवक्ता प्रदीपचन्द्र भट्टराईले भने, ‘ यसवर्ष दसैंका लागि स्वदेशी खसीबोकाले धान्नेछ ।’
दसैंमा खसीबोका मूल्य १५ सय रुपैयाँमाथि नपुग्ने दाबी पनि उनको छ । ढुवानीले गर्दा प्रतिकेजी ५० रुपैयाँ बढे पनि त्यो भन्दा बढी नबढ्ने उनले बताए । आयात गर्ने व्यापारीले सम्बन्धित देशबाट पशुचौपायाको स्वास्थ्य जाँच गरेको प्रमाणपत्र ल्याउनुपर्ने नियम लागू गरेपछि भारतबाट पशुचौपाया कम आयात हुन थाले पनि स्वदेशी उत्पादनले नै धान्ने दाबी भट्टराईको भनाइ छ ।
उनले अगाडि भने, ‘आब २०७४/७५ मा १ लाख ५४ हजार ९ सय ५४ वटा पशुचौपाया आयात भएको र गत आव २०७५/७६ मा ७३ हजार २ सय २ वटा पशुचौपाया आयात भएको थियो । यस वर्ष ६० हजार बढी खसीबोका उपत्यकामा स्टक रहेकाले अभाव हुने अवस्था आउँदैन ।’
राजधानीबाट





























प्रतिक्रिया