मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’ बाट पुरस्कृत

मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’ बाट पुरस्कृत

केन्द्रबिन्दु
0
Shares

भक्तपुर।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका ‘एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको छ । ऐतिहासिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदा संरक्षण तथा पुनर्निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै मध्यपुर थिमि नगरपालिका ‘२०२० एसियन टाउनस्केप अवार्ड’बाट पुरस्कृत भएको हो ।

यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले बुधबार एक समारोह आयोजना गरी नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख (मेयर) मदनसुन्दर श्रेष्ठले पुरस्कार पाएसँगै ऐतिहासिक तथा पुरातात्विक महत्वको सम्पदा संरक्षणको काममा अझ बढी जिम्मेवार बनाएको बताए । यस्तै मध्यपुर थिमि नगरपालिकालाई आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउन चाहेको समेत मेयर श्रेष्ठले बताए ।

यूएन हेबिट्याटको एसिया प्यासिफिक क्षेत्रीय कार्यालयले शहरी क्षेत्रको विकास निर्माणको काम हेरेर प्रत्येक वर्ष उक्त अवार्ड प्रदान गर्ने गरेको छ । यसवर्ष दक्षिण कोरियाका ४, चीनका ३, जापानका २, मलेसियाका १, थाइल्याण्डको १ र नेपालको मध्यपुर थिमि नगरपालिका गरी कुल १२ वटा शहरलाई पुरस्कृत गरेको हो । मध्यपुर थिमि नगरपालिकाले बिगत ३ वर्षदेखि भत्केका मठ मन्दिर, पाटी, पौवा, ढुंगेधारा, पोखरी, पार्कको संरक्षण तथा पुनर्निर्माणमा ध्यान दिंदै आएको छ ।

Logo