काठमाडौं,
खर्च कटौती र मीतव्ययी नीति अँगालेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कतिपय मन्त्रीले सरकारको नीतिलाई नै उल्लंघन गरेका छन् । विकास र समृद्धिको मुख्य नारा बोकेको वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले करोडौं मूल्यका आधा दर्जनभन्दा बढी सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ । ती सरकारी गाडी श्रीमतीदेखि ज्वाइँ तथा नातेदारबाट दुरुपयोग हुँदै आएको छ । मन्त्रीले हालै मात्र विलासी गाडी झिकाएका छन् भने क्वार्टर र गृह जिल्ला जनकपुरका लागि छुट्टाछुट्टै गाडी स्ट्यान्डबाई अवस्थामा राखेका छन् ।
सरकारले २५ वैशाख ०७५ को मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक खर्चमा मीतव्ययिता र प्रभावकारिता कायम गर्ने सम्बन्धी नीतिगत मार्गदर्शन ०७५ जारी गरेको थियो । मार्गदर्शनको बुँदा नम्बर दुईमा उच्चपदस्थ पदाधिकारीहरू आफैं मर्यादित, मीतव्ययी एवं उदाहरणीय रूपमा प्रस्तुत भई अनुकरणीय कार्यशैली प्रस्तुत गर्ने उल्लेख छ । मन्त्री महासेठले भने सरकारकै नीतिविपरीत मनलाग्दी काम गरिरहेको पाइएको छ ।
मार्गदर्शनको बुँदा नम्बर १३ मा स्वीकृत मापदण्ड बमोजिम बाहेक सरकारी सवारी साधनमा निजी नम्बर प्लेट नराख्ने र सरकारी सवारी साधन अनधिकृत व्यक्तिले प्रयोग नगर्ने उल्लेख छ । मन्त्री महासेठले भने सरकारी सवारीलाई निजी बनाएको र परिवारका सदस्यलाई समेत शक्ति र पहुँचको दुरुपयोग गरेर गाडी प्रयोग गर्न दिइरहेका छन् ।
मन्त्री महासेठका स्वकीय सचिव उज्ज्वल सिंहले गाडी दुरुपयोगबारे स्पष्ट प्रतिक्रिया दिन सकेनन् । उनले सुरुमा गाडी दुरुपयोगबारे आफूलाई थाहा नपाएको बताए पनि पुनः मन्त्रीसँग दुईवटा गाडी भएको बताए । ‘एउटा गृहले दिएको छ । त्यसबाहेक एउटा मात्र छ ।
गृहले दिएको गाडी विशेष बेला मात्र प्रयोग गर्ने कुरो भयो, अर्को उहाँ (मन्त्री) ले प्रयोग गरिरहनु भएको छ,’ उनले टेलिफोनमा भने, ‘यो विषयमा उहाँ (मन्त्रीसँगै) कुरा गर्नुहोस्, अहिले भइगयो ।’ मन्त्री महासेठ र उनको परिवारको कब्जामा मात्र करोड बढी मूल्यका हाल पाँचवटा सरकारी गाडी छन् भने सचिवालयमा तीनवटा छन् ।
राजधानीबाट





























प्रतिक्रिया