सुन्दा पनि अचम्म लाग्दो कुरा । पत्याउन पनि गाह्रो। तर नपत्याई भएन वास्तविकता नै त्यस्तो भएपछि । बेलायतको ग्रान्ट ट्री नामको एक कम्पनीमा कार्यरत कर्मचारीहरूलाई आफ्नो तलब आफैंले निर्धारण गर्न पाउने अधिकार दिइएको छ । अहिले यो कम्पनीको चर्चा किन भयो भने हालसालै त्यहाँ कार्यरत २५ वर्षीया एक कर्मचारी सलेलिया मण्डुकाले आफ्नो तलब एकैपटक सात हजार पाउण्ड अर्थात् झन्डै साढे दस लाख रुपैयाँ बढाइन् । उनले आफ्नो कामअनुसार यति तलब ठीकै भएको, खासै धेरै नभएको प्रतिक्रिया दिएकी छन् । पहिले ३० हजार पाउण्ड तलब लिने सलेलियाको तलब अब ३७ हजार पाउण्ड भएको छ । सलेलियाका सहकर्मीहरूले पनि यो वृद्धि स्वाभाविक एवं उचित भएको बताएका छन् । स्मरणीय छ, सलेलिया कम्पनीले दिएको टार्गेटभन्दा धेरै अघि पुगेकी थिइन् ।
ग्रान्ट ट्री लण्डनको ग्रान्ट ट्री नामक उक्त कम्पनीले विजनेस कम्पनीहरूलाई सरकारी फन्ड प्राप्त गर्न सहयोग गर्ने काम गर्दछ । कम्पनीमा ४५ जना स्टाफ काम गर्दछन् । उनीहरू सबैले आफ्नो तलब आफैंले तोक्छन् र यसमा परिवर्तन पनि गर्छन् । यद्यपि तलब वृद्धि गर्नुअघि कर्मचारीले आफ्ना सहकर्मीहरूसँग कुरा गर्नुपर्छ । सबैले उसको काम राम्रो छ र तलब बढाउनु उचित छ भन्ने राय दिएपछि तलब बढाउन सकिन्छ । एजेन्सी































प्रतिक्रिया