मौसममा एक्कासी खरावी आएपछि माउण्टेन एयरको नाइनएन–एएलडी हेलिकप्टर आकस्मिक अवतरण गरिएको छ । सुर्खेतबाट डोल्पाका लागि उडेको हेलिकप्टर दैलेखमा आकस्मिक अवतरण गरिएको हो।
सोमबार बिहान हुम्लाबाट सुर्खेतमा इन्धन भरेर डोल्पा जान लागेको थियो । बिहान ७ः३० बजे बारुदथानको खुला चौरमा हेलिकप्टर अवतरण गरिएको र करिब ढेड घण्टापछि पुनः उडान गरिएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले जानकारी दिए ।
हेलिकप्टरमा चालक दलका तीन सदस्य मात्र थिए ।





























प्रतिक्रिया