जीपीएक्सका ४ आकर्षक बाइक सार्वजनिक

जीपीएक्सका ४ आकर्षक बाइक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

ओमेगा इन्टरप्राजेजले जीपीएक्सका आकर्षक बाइकहरु सार्वजनिक गरेको छ ।  कम्पनीले  ‘नाडा अटो सो–२०१९’ मार्फत विभिन्न ४ प्रकारका बाइकहरु सार्वजनिक गरेको हो ।

जीपीएक्सको नेपालमा रहेको महङ्गो बाइक, रेजर २२० हो । यसको मूल्य चार लाख ९९ हजार ७ सय रहेको छ। यसमा २२३ सिसि इन्जिन क्षमता र कुलिङ स्टिम रहेको छ। म्याक्स पावर २१.८ बीपीएच रहेको यस बाइकमा ११ लिटर पेट्रोल क्षमता रहेको छ ।

त्यस्तै जीपीएक्सको लेजेन्ड जेन्टलम्यान २०० बाइक पनि बजारमा आएको छ । यो बाइकको मूल्य चार लाख ७७ हजार रहेको छ । १९७ सिसि इन्जिन क्षमता भएको यस बाइकमा १२ लिटरसम्म पेट्रोल अट्न सक्छ। यहि ब्रान्डको अर्को लेजेन्ड जेन्टलम्यानको मूल्य चार लाख ८३ हजार रहेको कम्पनीले जनाएको छ।

त्यस्तै कम्पनीले बजारमा ल्याएको अर्को बाइक हो लेजेन्ड । १९७ सिसि इन्जीन क्षमता रहेको यो बाइक रातो, कालो र सुन्तल रंगमा उपलब्ध छ। यसको मूल्य चार लाख ६३ हजार रहेको छ।

त्यस्तै कम्पनीले डाइमोन १५० जी एन बाइक पनि सार्वजनिक गरेको छ । १४९ सिसि  इन्जिन क्षमता भएको यो बाइकमा आठ लिटरको पेट्रोल क्षमता रहेको छ ।

यसको मूल्य तीन लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

Logo