‘नाडा अटो शो’ ले अर्थ व्यवस्थामै तरंग ल्याउँछः प्रवक्ता बराल (भिडियोसहित)

‘नाडा अटो शो’ ले अर्थ व्यवस्थामै तरंग ल्याउँछः प्रवक्ता बराल (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

अटो मोवाइल्स एसोसिएसन अफ नेपालका सचिव तथा ‘१४ औं नाडा अटो शो’ का प्रवक्ता अनुप बरालले अटो शो केवल प्रदर्शनी मात्रै नभएर समग्र अर्थव्यवस्थामै तरंग ल्याउने मेला भएको बताएका छन् ।

‘१४ औं नाडा अटो शो’ को अवसरमा केन्द्रबिन्दु मिडियाले आयोजना गरेको ‘राउण्ड टेवल’ मा आफ्नो धारणा राख्दै प्रवक्ता बरालले भने, “यो केवल अटो शो मात्रै होईन, यसले समग्र अर्थव्यवस्थामै तरंग ल्याउछ ।” अटो शो, विकाससंँग जोडिएको भन्दै बरालले भने, “नाडा अटो शो एउटा देशकै गरिमा बोकेको शो हो ।”

सन् १९९८ बाट सुरु भएको ‘नाडा अटो शो’ को महत्व र प्रभाव बढ्दै गएको उनको भनाइ छ । बरालले यसपटकको मेलामा गत वर्षको तुलनामा ५ वटा कम्पनी बढेको बताए । यसमा चार पाँग्रे २५ वटा ब्राण्ड, दुई पांग्रे १९ वटा ब्राण्ड, टायर ब्राण्ड ९, ब्याट्री ब्राण्ड ५ साथै लुब्रिकेन्ट ब्राण्ड १२ रहेको उनले जानकारी दिए  । त्यस्तै १४ वटा फाइनान्सीयल इन्सुरेन्स साथै ग्यारेज इक्यूप्मेन्ट १५ वटा रहेको बरालले जानकारी दिए ।

मेलाको गत वर्ष ६५ हजार जनाले अवलोकन गरेको जानकारी दिँदै यसपटक ७५ हजार जनाको अवलोकन गर्ने अपेक्षा राखेको बताए ।

थप भिडियोमा 

 

Skip This
Skip This
Logo