काठमाडौं,
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मुलुकमा गलतैगलत मात्रै भयो राम्रा काम भएकै छैनन् भनेझैँ गरी समाज बहकिँदै जान थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । अग्रगति र पश्चगतिको सङ्घर्षको समिश्रण भएकाले सबै खालका रङहरु समाजमा हुने उल्लेख गर्दै उनले राम्रा कामलाई सामान्यीकरण गरेर कतिपय वुद्धिजीवी तथा मिडिया नै बहकिएको बताए् ।
काठमाडौँको मैतीदेवीमा होप फाउण्डेसनद्वारा शनिबार आयोजित वाङ्मय सताब्दीपुरुष सत्यमोहन जोशीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले समाजमा विकृति विसङ्गति रहेको स्वीकार गर्दै भएका राम्रा कामलाई विर्सन नहुनेमा जोड दिए । उनले भने, “सबै राजनीति खराबैखराब, चिकित्सक रोगीबाट पैसा मात्रै धुत्छन्, विद्यार्थी सबै चिट नै चोर्छन्, शिक्षकहरु सबै ठग्छन्, कर्मचारी सबै घुस्याहा नै हुन् जस्तो गरी आम जनरलाइज गरेर समाज अगाडि बढ्दै छ भन्ने कुरालाई ओझेलमा पार्ने कोशिस भइरहेको छ ।”
समाजमा भएका खराबी विरुद्ध लड्ने सामर्थ्य सरकारसँग रहेको जिकिर गर्दै मन्त्री ज्ञवालीले प्रश्न गरे, “भूकम्प, नाकाबन्दी, चुनाव लगायत कयौँ अफ्ठ्यारोलाई पार गर्दै नेपालले सात दशमलव पाँच प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेकामा खुशी हुनुपर्ने होइन ?” वेल्जिएममा सङ्घीयता कार्यान्वयन गर्न ११ वर्ष लागेको स्मरण गर्दै उनले नेपालमा पहिलो वर्षमै कार्यान्वयन हुनु ठूलो उपलब्धि भएको बताए ।
रासस































प्रतिक्रिया