प्रदेश नं. ३ : पाँच जिल्लामा डेंगुका ५५८ बिरामी

प्रदेश नं. ३ : पाँच जिल्लामा डेंगुका ५५८ बिरामी

केन्द्रबिन्दु
0
Shares

हेटौंडा,
प्रदेश–३ का पाँच जिल्लामा डेंगुका ५ सय ५८ बिरामी देखा परेका छन् । यी मध्ये मकवानपुरमा डेंगुका सबभन्दा बढी बिरामी देखा परेका छन् । यसपछि चितवनमा डेंगुका बढी बिरामी देखा परेका हुन् ।

डेंगुका बिरामी मकवानपुरमा सबभन्दा बढी २ सय ८७ जना, चितवनमा १५१ जना, काठमाडौंमा ११६ जना, ललितपुरमा ३ जना र भक्तपुरमा १ जना देखापरेका छन् । डेंगु नियन्त्रणका लागि तयारीसाथ काम भइरहेको प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिए ।

यसबारे जनचेतना जगाएर काम जारी रहेको भन्दै उनले डेंगु नियन्त्रण गर्ने मुख्य काम ‘सर्च एण्ड डिष्ट्रोय’ नै रहेको बताए । उनले उक्त अभियानमा स्कुलका विद्यार्थीदेखि हरेकक्षेत्रका नागरिक परिचालन गर्न निर्देशन दिएका छन् । शुक्रबार मन्त्रालयमा बैठक गरेर मन्त्री दुलालले सरोकारवाला निकायलाई यस्तो निर्देशन दिएका हुन् ।
नेपाल समाचारपत्रबाट

Logo