अनुगमनबिनै १८० कम्पनीका औषधि आयात

अनुगमनबिनै १८० कम्पनीका औषधि आयात

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

तेस्रो मुलुकबाट आयात हुने १८० औषधि उद्योगको अनुगमन नै नगरी ती उद्योगले उत्पादन गर्दै आएका हजारौं ब्रान्डका औषधि नेपाली बजारमा भित्रिने गरेको पाइएको छ ।

औषधि व्यवस्था विभागका अनुसार हाल नेपालमा ३ सय विदेशी औषधि उद्योगबाट उत्पादित औषधि आयात हुँदै आएको छ । तर आवश्यक जनशक्तिको अभावमा प्रभावकारी रूपमा अनुगमन गर्न नसकिएको विभागका अधिकारीहरू स्विकार्छन् ।

२०६१ सालबाट औषधिको जीएमपी (विश्व स्वास्थ्य संगठन गुड म्यानुफ्याक्चरिङ प्राक्टिस) सुरु भएको थियो । नेपाली बजारमा बिक्री भइरहेका औषधि मध्ये १८० वटा विदेशी औषधि उद्योगको अनुगमन गर्न सकेको छैन । ती कम्पनीले पेस गरेको कागजपत्रका आधारमा मात्र औषधि बिक्रीका लागि स्वीकृति दिँदै आएको छ । नेपालमा मुख्यतः भारत, बगंलादेश, चीन, भियतनाम लगायतका देशबाट औषधि आयात हुने गरेका छन् ।

नेपालमा अहिलेसम्म ३ सय विदेशी औषधि उद्योगले बजारीकरण गर्दै आएका छन् । दुई किसिमका उद्योग स्वयं कम्पनी आफैंले बजारका प्रतिनिधि राखेर बजारीकरण गर्ने र नेपालमा वितरक (डिस्ट्रिब्युटर्स) खडा गरेर आफ्नो उत्पादन मूल्यमा केही प्रतिशत नाफा राखी सम्पूर्ण जिम्मेवारी नेपाली वितरकलाई दिने गरेका छन् ।

स्रोतका अनुसार निजी ल्याबबाट औषधिको परीक्षण भई स्वीकृत हुँदै आएको छ । सरकार मातहत औषधि प्रयोगशाला भए पनि निजी ल्याबलाई अनुमति दिएर आयात गरिएका औषधि परीक्षण भइरहेका छन् ।
राजधानीबाट

Logo