प्रदेश नं. २ : कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा

प्रदेश नं. २ : कृष्ण जन्माष्टमीमा सार्वजनिक विदा

केन्द्रबिन्दु
0
Shares

जनकपुरधाम,

कृष्ण जन्माष्टमीका दिन प्रदेश २ मा सार्वजनिक विदा दिइने भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले क्यालेण्डरमै कृष्ण जन्माष्टमीको विदा उल्लेख गरिसकेकाले सो दिन विदा दिने बताएका हुन् ।

यस पटकको कृष्ण जन्माष्टमी भदौ ६ गते शुक्रबार (भोली) परेको छ । यो दिन प्रदेश २ मा विदा रहने प्रदेश २ सरकारले जनाएको छ । श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालले कृष्ण जन्माष्टमीको दिन सार्वजनिक विदाको माग गर्दै मुख्यमन्त्रीलाई बुधबार ज्ञापन पत्र बुझाएपछि मुख्यमन्त्री राउतले यसअघि नै प्रदेश सरकारले क्यालेण्डरमा यो पर्वको विदा उल्लेख गरिसकेको जानकारी दिए ।

मुख्यमन्त्री राउतले कृष्ण जन्माष्टमी जस्तो महान पर्वमा संघीय सरकारले समेत विदा दिनुपर्ने बताउँदै यसका लागि आफूले पहल गर्ने बताएका थिए ।

Skip This
Skip This
Logo