काठमाडौं,
वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या घटिरहेका बेला काम खोज्दै नेपाल आउने विदेशीको संख्या भने बढ्दै गएको पाइएको छ । नेपालमा ठूला परियोजना र अन्य विकास निर्माणका काम धमाधम बढ्न थालेपछि यस्ता परियोजनामा काम गर्न आउने विदेशीको क्रम बढेको हो ।
आर्थिक वर्ष २०७४÷७५ मा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या १ हजार ६४३ रहेकोमा गत आर्थिक वर्षमा २ हजारको हाराहारीमा पुगेको छ । यसमध्ये पनि अघिल्लो आवमा १ हजार ३५ नयाँ आवेदकलाई श्रम स्वीकृति दिएको थियो भने ५८८ जना पुरानाको श्रम स्वीकृति नवीकरण गरिएको थियो । यस्तै गत आवमा १ हजार ११९ नयाँलाई श्रम स्वीकृति दिएकोमा ८६२ गैरनेपालीको श्रम स्वीकृति नवीकरण गरिएको थियो ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले सार्वजनिक गरेको तथ्यांकमा नेपालमा रोजगारीका लागि श्रम स्वीकृति लिनेमा सबैभन्दा बढी चिनियाँँ नागरिक छन् । विभागका सूचना अधिकारी नवीन पोखरेलका अनुसार नेपालमा श्रम स्वीकृतिका लागि निवदेन दिएर अनुमति पाएका विदेशी नागरिकमध्ये आधाभन्दा बढी चिनियाँँ रहेको बताए ।
“नेपालमा सञ्चालन भइरहेका ठूला परियोजनाको कामका लागि चिनियाँ नागरिकले धेरै श्रम स्वीकृति लिएका छन्,” उनले भने, “चिनियाँ परियोजनामा सञ्चालन भएका हाइड्रोपावरमा धेरै चिनियाँ नागरिक कार्यरत रहेका कारण श्रम स्वीकृति लिनेमा उनीहरू नै बढी छन् ।
कारोबारबाट































प्रतिक्रिया