शालिकराम पुडासैनीको हत्यारा पत्ता लगाउन माग गर्दै चितवनमा आज संयुक्त प्रदर्शन

शालिकराम पुडासैनीको हत्यारा पत्ता लगाउन माग गर्दै चितवनमा आज संयुक्त प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

पत्रकार शालिकराम पुडासैनीको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दै चितवनमा आज पनि प्रदर्शन भएको छ। उनीहरुले वास्तविक हत्यारा पत्ता लगाई मृतक पुडासैनीको परिवारलाई न्याय दिलाउन माग गरेका छन् ।

शुक्रबार पत्रकार रवि लामिछानेका समर्थकहरुले मात्रै प्रदर्शन गरेकोमा शनिबारदेखि स्वतन्त्र युवाहरुले पनि प्रदर्शन थालेका थिए।  आइतबार भने पत्रकार पुडासैनीको हत्या भएको ठहरसहित दुवै पक्षले वास्तविक हत्यारालाई कारवाहीको माग गर्दै संयुक्त प्रदर्शन गरेका हुन्।

उनीहरुले पत्रकार रवि लामिछानेको सुरक्षाको ग्यारेन्टी गर्न माग गरेका छन् ।प्रदर्शनमा सहभागीहरुले रवि दाइ हाइ हाइ, रविलाई सुरक्षाको ग्यारेन्टी गर, चितवनका एसपी बर्खास्ती गर, न्यायालय पैसामा नबिकोस्, राजनीतिक हस्तक्षेप बन्द गर, हाम्रो रवि हाम्रो देश प्राण भन्दा प्यारो छ, हत्यारालाई कारवाही गर लगायतका नारा लगाएका थिए।

पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयमा अनुसन्धान गर्न प्रहरीले लामिछानेसहित युवराज कँडेल र आस्मिता कार्कीलाई पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान गर्न जिल्ला अदालतले पाँच दिनको म्याद दिएको छ ।

यो पनि 

शालिकरामको भिडियो सार्वजनिक गर्ने प्रेस काउन्सिलका अध्यक्ष श्रेष्ठको स्पष्टिकरण

 

Logo