११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा काठमाडौं महानगरपालिकाका एक कर्मचारी पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ बस्ने ५२ वर्षीय बाबुराजा पुजारी पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले पीडित बालिकाको अभिभावकले दिएको उजुरीको आधारमा पुजारीलाई पक्राउ गरिएको जानकारी दिए। उनलाई महानगरीय प्रहरी वृत्त जनसेवामा राखिएको छ ।
जिल्ला अदालत काठमाडौंबाट सात दिनको म्याद थप गरी घटनाबारे अनुसन्धान गरिरहेको डीएसपी बोगटीले बताए ।































प्रतिक्रिया