टी-२० वरियता: धोनी र गेल भन्दा पारस अगाडि

टी-२० वरियता: धोनी र गेल भन्दा पारस अगाडि

केन्द्रबिन्दु
0
Shares

आइसीसीको टी–२० वरियतामा नेपाली टिमका कप्तान पारस खड्काले छलाङ मारेका छन ।

उनले अलराउण्डमा अफगानिस्तानका रासिद खान, डेविड वेली, क्रिस मोरीस, जोय रुट, क्रिस गेल, कायरन पोलार्ड, बेन स्टोकलाई पछि पारेका छन ।  उनले भारतीय खेलाडी सुरेस रैनालाई पनि पछि पारेका छन । उनी टी–२०को अलराउण्ड तर्फ ४१ बाट २५ औं स्थानमा उक्लिएका हुन ।

यस्तै ब्याटिङमा पनि पारस खड्का ६६ औं स्थानमा उक्लिएका छन । उनको चार सय १७ अंक रहेको छ । उनले महेन्द्रसिंह धोनीलाई पनि पछि पारेका छन । धोनी ६७ औं स्थानमा रहेका छन । यस्तै क्रिस गेल पनि पारस भन्दा पछाडी रहेका छन । गेल ७३ औं स्थानमा छन ।

अलराउण्डरतर्फ सोमपाल कामी ४८ औं स्थानबाट ६६ औं स्थानमा पुगेका छन् । बलिङतर्फ वसन्त रेग्मि र सोमपाल दुवै खस्किएका छन् । नयाँ वरियता अनुसार सोमपाल ७८ र वसन्त ७१ औं स्थानमा छन् ।

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन भने सोमपाल कामी ७८ औं स्थानमा यथावत रहेका छन ।

Logo