काठमाडौको बालुवाटारस्थित सुबिसुको कार्यालयमा लागेको आगो नियन्त्रणमा आएको छ ।
काठमाडौँ र ललितपुर महानगरको दमकलको सहयोगमा नेपाली सेना र प्रहरीले आगो निभाएका हुन्।
कार्यालयमा रहेको जेनेरेटरबाट आगो सल्किएर नजिकै रहेको पेट्रोलको भण्डारमा समेत फैलिएको थियो। आगलागीका कारण सुविसुको कार्यालय पूर्ण रुपमा जलेको छ ।क्षतिको विवरण आउन भने बाँकी रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जानकारी दिए ।
सुबिसुका सञ्चालक सुधीर पराजुलीले आगलागीका कारण बन्द भएको बालुवाटार आसपासको इन्टरनेट सेवा बिहिबार बिहानसम्ममा सुचारु हुने जानकारी दिए ।





























प्रतिक्रिया