कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

कर्णाली प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी

केन्द्रबिन्दु
12
Shares

सुर्खेत। कर्णाली प्रदेश लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ। आयोगले आज एक सूचना जारी गर्दै स्थानीय सरकारी सेवाको प्राविधिकतर्फका पाँचौं तहका विभिन्न सेवा समूहका लागि दरखास्त आह्वान गरेको हो।

कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम कर्णाली प्रदेशस्थित स्थानीय तहहरूमा रिक्त भएका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरिएको हो।

योग्यता पुगेका उम्मेदवारहरूले फागुन १४ गतेसम्म र दोब्बर दस्तुर तिरेर २१ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

हेर्नुस् सूचना :

Skip This
Skip This
Logo